महाशाखा प्रमूख
सहसचिव : श्री जंग बहादुर डाँगी
कानून महाशाखा
• ऐन, नियम, गठन आदेश, विनियमको मस्यौदा गर्ने, मस्यौदा परिमार्जन गर्ने र आवश्यक कारबाहीको लागि पेश गर्ने,
• द्विपक्षीय, बहुपक्षीय सन्धि सम्झौता सहमति (MOU, Agreement) को मस्यौदा परिमार्जन तथा राय परामर्श उपलब्ध गराउने,
• मन्त्रालयको तर्फबाट गरिने बार्ता, सम्झौता आदिमा सहभागी हुने तथा सम्झौताको मस्यौदा मरिमार्जन गर्ने,
• मन्त्रालयलाई आवश्यक पर्ने कानून तथा कानूनी लिखत र सन्धिको अनुवादमा सहयोग र समन्वय गर्ने,
• अदालतबाट भएका फैसला कार्यान्वयनका लागि समन्वय गर्ने, अभिलेखीकरण गर्ने र विवरण अद्यावधिक गरी लगत कट्टाको कार्य गरी सम्बन्धित निकायलाई जानकारी गराउने,
• विभिन्न विषयमा मन्त्रालय र अन्तर्गत विभाग, कार्यालयले माग गरेको विषयमा कानूनी राय परामर्श उपलब्ध गराउने
• मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएका रिट निवेदनको सम्बन्धमा लिखित जवाफ एवं प्रतिउत्तर तयार गर्ने,
• कानुनी प्रतिरक्षाको लागि आवश्यक कागजात सहित पत्राचार एवं माग भएको मुद्दाको सम्बन्धमा सक्कल फायल उपलब्ध गराउने,
• मन्त्रालयको तर्फबाट नेपाल राजपत्रमा प्रकाशन गरिने सूचनाहरुको मस्यौदा तयार, परिमार्जन सहित सम्पादन र प्रकाशनसम्बन्धी कार्य गर्ने,
• मन्त्रालयसँग सम्बद्ध र सम्बन्धित कानूनहरुको अध्ययन तथा पुनरावलोकन गर्ने,
• विधेयकको तयारी तथा प्रत्यायोजित विधायत तर्जुमा तथा स्वीकृतिका लागी आवश्यक सम्पूर्ण कार्य गर्ने
• ऐन कार्यान्वयन मापनसम्बन्धी कार्य,
• मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन सम्बन्धी कार्य गर्ने,
• मध्यस्थता सम्बन्धी कार्य गर्ने
कानून शाखा
• ऐन, नियम, गठन आदेश, विनियमको मस्यौदा गर्ने, मस्यौदा परिमार्जन गर्ने र आवश्यक कारबाहीको लागि पेश गर्ने,
• द्विपक्षीय, बहुपक्षीय सन्धि सम्झौता सहमति (MOU, Agreement) को मस्यौदा परिमार्जन तथा राय परामर्श उपलब्ध गराउने,
• मन्त्रालयको तर्फबाट गरिने बार्ता, सम्झौता आदिमा सहभागी हुने तथा सम्झौताको मस्यौदा मरिमार्जन गर्ने,
• मन्त्रालयलाई आवश्यक पर्ने कानून तथा कानूनी लिखत र सन्धिको अनुवादमा सहयोग र समन्वय गर्ने
• मन्त्रालयसँग सम्बद्ध र सम्बन्धित कानूनहरुको अध्ययन तथा पुनरावलोकन गर्ने,
• विधेयकको तयारी तथा प्रत्यायोजित विधायत तर्जुमा तथा स्वीकृतिका लागी आवश्यक सम्पूर्ण कार्य गर्ने
• ऐन कार्यान्वयन मापन सम्बन्धी कार्य,
फैसला कार्यान्वयन तथा मानव अधिकार शाखा